भारतले पठायो नेपालका बाढीपहिरो पीडितका लागि दोस्रो खेपको राहत सामग्री

नेपालभ्युज

भारतले पठायो नेपालका बाढीपहिरो पीडितका लागि दोस्रो खेपको राहत सामग्री

काठमाडौं । भारतले नेपालका बाढीपहिरो पीडितका लागि दोस्रो खेपको राहत सामग्री हस्तान्तरण गरेको छ ।

भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेका हुन् ।

जसमा अत्यावश्यक सरसफाई सामग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटरसहितको २१.५ टनको मानवीय सहायता छ । राहत सामग्रीको थप खेप आगामी दिनमा आउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved