लालुप्रसाद यादवले अदालतबाट पाए जमानत

नेपालभ्युज

लालुप्रसाद यादवले अदालतबाट पाए जमानत

काठमाडौं । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले भूमि मुद्दामा जमानत पाएका छन् । सोमबार दिल्लीको राउज एभिन्यू अदालतले यादव र उनका छोराहरूलाई जमानत दिएको हो ।

समाचार एजेन्सी एएनआईकाअनुसार यादवका छोरा तेजस्वी र तेजप्रताप पनि यस मुद्दामा आरोपी थिए । अदालतले सबैलाई १ लाख रुपैयाँ मागेको छ ।  अब यस मुद्दामा अर्को सुनुवाई अक्टोबर २५ मा हुनेछ ।

लालुप्रसादले रेलमन्त्री रहँदा समूह ‘डी’मा काम दिने बदलामा जग्गा लिएको आरोप छ ।

यस मामिलामा ईडीको अनुसन्धान चलिरहेको छ र लालुसँगै उनकी पत्नी राबडी देवी, छोरा तेजस्वी यादव, छोरी मीसा भारती र हेमा यादव पनि यसको सर्कलमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved