इजरायलको बस स्टेसनमा आक्रमण, एकको मृत्यु कयौं घाइते

नेपालभ्युज

इजरायलको बस स्टेसनमा आक्रमण, एकको मृत्यु कयौं घाइते

एजेन्सी । इजरायलको एउटा बस स्टेसनमा भएको गोलीकाण्डमा कैयौँ व्यक्ति घाइते भएका छन् । सो काण्डमा २५ वर्षीया महिलाको मृत्यु भएको बीबीसीले बताएको छ ।

प्रहरीले पछिल्लो एक घण्टामा दक्षिणी इजरायलको बेरशेबामा संदिग्ध आतंककारी हमला भएको जनाएको छ।

इजरायलको एम्बुलेन्स सेवाका अनुसार चिकित्सकहरूले १० जना घाइतेको उपचार गरिरहेका छन्, जसमध्ये केहीलाई बन्दुकको गोली लागेको छ।

आक्रमणकारी मारिएको प्रहरीले जनाएको छ । बीबीसीका अनुसार  थप विवरण आउन बाँकी  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved