बाढी पीडितलाई तत्काल राहतको माग गर्ने ६ जना पक्राउ

नेपालभ्युज

बाढी पीडितलाई तत्काल राहतको माग गर्ने ६ जना पक्राउ
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित विपद्‌का पीडितहरूलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै प्रदर्शन गर्ने ६ जना पक्राउ परेका छन् ।

उनीहरू आइतबार सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनीहरूले विपद्का पीडितहरूलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै कालो झण्डा देखाएका थिए । यसपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरू मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी)समर्थित युवाहरू रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved