तेब्बर मूल्यमा टिकट बेचिसकेर बुद्धले भन्यो- ‘डिजिटल्ली एडिट’ गरेर महँगो देखाइयो !

नेपालभ्युज

तेब्बर मूल्यमा टिकट बेचिसकेर बुद्धले भन्यो- ‘डिजिटल्ली एडिट’ गरेर महँगो देखाइयो !

काठमाडौं । बाढी पहिरोको विपत्तिमा समेत सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलेको बुद्ध एअरले फेरि यात्रुलाई मूर्ख बनाउँदै सामाजिक सञ्जालमा देखिएको भाडा एडिट गरिएको तर्क पेश गरेको छ ।

अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यकाबाहिर जाने एक मात्र विकल्प भएको मौका छोपेर यात्रुसँग दोब्बर, तेब्बर भाडा असुलिरहेको बुद्ध एअरले फेसबुकमा एक स्ट्याटस पोस्ट गरेर ‘डिजिटल एडिट’ गरिएको दाबी गरेको हो ।

टिकटमा अंकित मूल्यलाई ‘डिजिटल एडिट’ गरेर बढी रकम असुलिएको उसको जिकिर छ ।

यसअघि एअरलाइन्सको ‘निर्मम व्यवहार’को चौतर्फी आलोचना भएपछि विज्ञप्ति जारी गरेर तीन दिनसम्म सरकारले तोकेको उच्चदरभन्दा कम शुल्क उठाउने निर्णय भएको जानकारी दिएका थिए ।

तर दुई दिनसम्मको टिकट उच्चदरमा बिक्री गरेर तीन दिनसम्मका लागि मध्यम भाडादर तोकेको भनी झुटो प्रचार गरेका थिए ।

अहिले पनि बुद्ध एअरले दशैँको सबै जसो उडानको चर्को भाडा बुकिङ असुलेर ट्राभल्स एजेन्सी वा अरूले टिकेटको मूल्य एडिट गरेको आरोप लगाएको हो ।

दशैँको मुखमा अधिकांश उडानको टिकट महँगोमा बुकिङ गरिसकेको बुद्धले फेसबुकमा लेखेको छ, ‘हवाई टिकटमा अंकित रकमलाई ‘डिजिटल्ली’ एडिट गरेर बढी बनाई रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यात्रु महानुभावहरूले टिकटको वास्तविक मूल्य बुझ्न बुद्ध एयरको वेबसाइटको टिकट स्ट्याटसबाट सजिलै चेकजाँच गर्न सक्नु हुनेछ ।’

यसमार्फत यात्रुहरूले आफ्नो टिकटको वास्तविक मूल्यको जाँच गर्न र कुनै पनि गडबडी भएमा जानकारी प्राप्त गर्न सक्नेछन् भन्दै सुचित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved