नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

नेपालभ्युज

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गरेका छन् ।

राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शपथ ग्रहण गराएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच नवनियुक्त प्रधानन्यायाधीश राउतले शपथ ग्रहण गरेका हुन् ।

यसअघि राउतलाई राष्ट्रपति पौडेलले आजै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको को उपस्थिति थियो ।

  • सम्बन्धित समाचार

प्रकाशमान प्रधानन्यायाधीश नियुक्त


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved