‘हिज्बुल्लाहका शीर्ष नेता सफिदीनसँग शुक्रबारदेखि सम्पर्क विच्छेद’

नेपालभ्युज

‘हिज्बुल्लाहका शीर्ष नेता सफिदीनसँग शुक्रबारदेखि सम्पर्क विच्छेद’

बेरुत । हिज्बुल्लाहको एक उच्चस्तरीय स्रोतले समूहका सम्भावित नेताका रुपमा चिनिने हाशेम सफिदीनसँगको सम्पर्क यसै साता इजरायली आक्रमणपछि टुटेको बताएको छ ।

“बेरूतको दक्षिणी उपनगरमा शुक्रबार बिहानै भएको हिंसात्मक आक्रमणपछि सैयद सफिददिनसँग सम्पर्क टुटेको छ,” अधिकारीले एएफपीसँग बताए।

हिजबुल्लाहका एक नेताले एएफपीसँग भने, “उहाँ इजरायलले आक्रमणको निशाना बनाएको स्थलमा हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो र उहाँसँग अन्य को को थिए हामीलाई थाहा छैन।”

हिजबुल्लाहनिकट अन्य स्रोतले पनि सफिदीनसँग सम्पर्क टुटेको र उनी कहाँ छन भन्नेबारे थाहा नभएको पुष्टि गरेको छ ।

दुवै स्रोतले संवेदनशील विषयमा छलफल गर्न नाम नखुलाउन आग्रह गरेका छन् ।

“लक्षित भूमिगत मुख्यालयमा पुग्ने प्रयास गरिरहेको छ, तर हरेक पटक इजरायलले उद्धार प्रयासलाई रोक्न फेरि आक्रमण गर्न थाल्छ,” उक्त स्रोतले भनेको छ। सफिद्दीन हज मुर्तदा भनिने हिजबुल्लाहको गुप्तचर प्रमुखसँग रहेको हिजबुल्लाह समूहले बताएको छ ।

हिजबुल्लाहनिकट स्रोतका अनुसार इजरायलले समूहको दक्षिणी बेरुत गढमा लगातार ११ वटा आक्रमण गरेको छ, जुन गत साता इजरायलले आफ्नो बमबारी अभियानलाई तीव्र बनाए यताको सबैभन्दा शक्तिशाली आक्रमण हो ।

एएफपीको फुटेजमा आक्रमण भएको स्थानबाट आगोको ज्वाला र बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिएको छ । इजरायली सेनाले बेरुतस्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको जनाएको छ ।

इजरायली सेनाले दक्षिण बेरुतमा रहेको हिज्बुल्लाहको मुख्यालयमा भएको हवाई आक्रमणमा हिज्बुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको बताएको एक हप्तापछि उक्त आक्रमण भएको हो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved