सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रको सडक मर्मत-सम्भार तथा सरसफाइ गर्ने भएको छ ।
शुक्रबार पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले पालिकाभित्रको सडकको स्थिति जाँच गर्दै मर्मत, सम्भार तथा सरसफाइ गर्ने निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
चाडपर्वमा सवारीसाधन आवागमन बढी हुने र मौसममा समेत सुधार हुने भएकाले सडक मर्मत, सम्भार र सरसफाइलाई पहिलो प्राथमिकतामा राखिएको अध्यक्ष राईले बताएका छन् ।
प्रवक्ता कार्कीले भने, “अध्यक्षज्यूले भौतिक पूर्वाधार समितिलाई तत्काल बैठक राखी मुख्य-मुख्य सडकखण्डलाई पूर्ण रूपमा मर्मत, सम्भार र सरसफाइमा ध्यान दिन निर्देशन गर्नुभयो । सवारीसाधन सहज ढङ्गले चल्ने हुनुपर्छ भन्ने उहाँको निर्देशन छ ।”
यस्तै अध्यक्ष राईले सबै वडाहरूलाई जनगुनासो नआउनेगरी काम गर्न निर्देशन दिएका छन् ।
Facebook Comment
Comment