नेपाल-भारत मैत्री संघले गर्‍यो बल्खुका बाढीपीडितलाई राहत वितरण

नेपालभ्युज

नेपाल-भारत मैत्री संघले गर्‍यो बल्खुका बाढीपीडितलाई राहत वितरण
बाढीले क्षति गरेपछि त्यहाँ थुप्रेको लेदो हिलो र सरसामान सारेर सरसफाइ गर्दै

काठमाडौं । नेपाल–भारत मैत्री संघले बल्खुका बाढीपीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारत मैत्री संघले बल्खुका बाढीपीडितलाई नेपाल चिकित्सक संघमार्फत् १० लाख दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र मोहन झाले बताए ।

राहत सामग्रीमा खाद्यान्न, औषधी, ब्याङवेट, कम्बलहरू लगायत बहुउपयोगि सामग्री छन् । ‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेकाले चिकित्सक संघको आग्रहअनुसार हामीले राहत सामग्रीहरू दिएका छौँ’ अध्यक्ष झाले भने, ‘उहाँहरूले उचित व्यवस्थापन गर्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ । पीडितको हातमा राहत परोस् ।’

अध्यक्ष झाले बाढी प्रभावितहरूलाई थप सहयोगको प्रतिबद्धता व्यक्त गर्दै यस्तो राहत कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने बताए ।

यस क्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउनेमा जोड दिँदै स्वास्थ्यकर्मीहरूलाई पीडितहरूको सेवामा खट्न आह्वान गरेका छन् । संघले बाढी प्रभावित क्षेत्रमा विशेष मेडिकल टोलीसमेत पठाउने योजना बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved