पर्यावरण अभियन्ता सोनाम वाङ्गचुक रिहा

नेपालभ्युज

पर्यावरण अभियन्ता सोनाम वाङ्गचुक रिहा

काठमाडौं । लद्दाखकी वातावरणीय कार्यकर्ता सोनाम वाङ्गचुक रिहा भएका छन् । दिल्ली प्रवेश गर्ने क्रममा सिँघु सीमामा रोकेर हिरासतमा राखिएका वाङ्गचुक ३६ घण्टापछि बुधबार रिहा भएकी हुन् ।

उनले वातावरणसँग सम्बन्धित सन्देश धेरैभन्दा धेरै मानिसहरूमा पुगेकोले आफू खुसी भएको बताएकी छन् । लद्दाखलाई पूर्ण राज्यको दर्जा र संविधानको छैठौं अनुसूचीमा समावेश गर्न माग गर्दै वाङ्गचुक लेहबाट पैदल दिल्ली पुगेका थिए ।

बुधबार गान्धी जयन्तीको अवसर पारेर रिहाइपछि पत्रकारहरूसँग कुरा गर्दै वाङ्गचुकले वातावरणलाई क्षति हुनबाट जोगाउन जनताले सरल जीवनशैली अपनाउनुपर्ने बताएका छन् ।

वाङ्गचुकले भनेका छन्, ‘हामीले सरकारलाई ज्ञापनपत्र बुझाएका छौं र हिमालय पहाड बचाउन संवैधानिक प्रावधानअनुसार लद्दाखको संरक्षण गर्न अनुरोध गरेका छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved