मनोहरा खोलामा एक शव भेटियो

नेपालभ्युज

काठमाडौं । ललितपुरको बालकुमारीस्थित मनोहरा खोलामा एक पुरुषको शव फेला परेको छ ।

बुधबार साँझ मनोहरा खोला किनारमा उक्त  शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शव देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शव खोलाले बगाएर ल्याएको आशंका गरिएको  छ।

प्रहरीका अनुसार शवको पहिचान  भएको छैन  ।  शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved