हेम थापाले पठाएको राहत लिएर सुकुम्वासी बस्ती पुगे पुण्य गौतम

११ असोजमा आएको बाढीले सकुम्बासी बस्ती डुबाएर बिजोक बनाएको दृश्य नेपालभ्युजले लाइभ गरेको थियो । त्यही समयमा समाजसेवी थापाले आफूले केही सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपालभ्युज

हेम थापाले पठाएको राहत लिएर सुकुम्वासी बस्ती पुगे पुण्य गौतम

काठमाडौं । अमेरिका बसेर समाजसेवा गर्दैआएका हेम थापाले बाग्मती किनारमा रहेका सुकुम्वासी बस्तीमा राहत पठाएका छन् ।

एकलाख रुपैयाँ नगद सुकुमबासी बस्तीका राहत संकलन संयोजकलाई पुण्य गौतमले बुधबार हस्तान्तरण गरे ।

११ असोजमा आएको बाढीले सकुम्बासी बस्ती डुबाएको समाचार नेपालभ्युजले लाइभ गरेको थियो । त्यही समयमा समाजसेवी थापाले आफूले केही सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बुधबार भएको राहत वितरण कार्यक्रममा नेपालभ्यूजका प्रतिनिधि समेतको रोहबरमा राहत बाँडिएको हो ।

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण गाँस र बास नै उजाडिएका सुकुम्वासी बस्तीमा राहत लिएर गएका गौतमले थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले अरूलाई समेत नगद तथा जिन्सी सामान सहयोग गर्न आग्रह गरे । गौतमले भने, ‘अझै पनि टहरोमा हिलो छ । खाने र बस्ने टुङ्गो छैन । उहाँहरूलाई हामी सबैको सहयोग गरौँ ।’

गौतमले अझै पनि बाढी प्रभावितहरूलाई राहत वितरण गर्ने योजना रहेको बताएका छन् । अमेरिका बसेर नेपालमा सामाजिक क्षेत्रमा सहयोग गर्दैआएका हेम थापाले ‘हेममाया’ फाउन्डेसन खोलेका छन् ।

भूकम्प, नाकाबन्दी, कोरोना महामीरमा राहत वितरण गर्दै आएका हेम थापाले अहिलेसम्म २९ करोड रुपैयाँ हाराहारी सहयोग गरिसकेको दाबी गरेका छन् ।

शुक्रबार राति भीषण बाढी आएपछि उक्त सुकुम्वासी बस्ती पूर्ण रुपमा डुबानमा परेको थियो । बाढीले पीडितको गास र बास नै उजाडिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved