अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

नेपालभ्युज

अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौं । अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको यादवको नाम अनुमोदन गरेको हो ।

गत भदौ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको थियो ।

पूर्वउपसभामुख समेत रहेकी यादव कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएकी थिइन् । समितिबाट अनुमोदन भएसँगै राष्ट्रपतिले नियुक्ति दिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved