दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ७७ करोड

नेपालभ्युज

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ७७ करोड

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २६ दशमलव ०७ अंकले घटेर २५९७ दशमलव ४९ को विन्दुमा पुगेको छ ।

आज ३१० कम्पनीका ८३ हजार ८१ पटकको कारोबारमा १ करोड ५१ लाख ९९ हजार ७ सय ६३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८ सय ८१ रुपैयाँ रहेको छ ।

५४ कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटाको घटेको छ भने एउटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये फाइनान्स इन्डेक्स दोहोरो अंकले बढ्दा अन्य १२ वटा राताम्मे छन् ।

बुधबार नेपाल फाइनान्स लिमिटेडमा लगानीकर्ताहरू झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved