होटेल एभरेस्ट र बसेरालाई तीन–तीन लाख जरिवाना 

नेपालभ्युज

होटेल एभरेस्ट र बसेरालाई तीन–तीन लाख जरिवाना 

काठमाडौं । होटेल एभरेस्ट र बुटिक होटेल बसेरालाई सरकारले तीन–तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।

नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेकाले जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।

त्यस्तै अनुगमनका क्रममा बबरमहलस्थित बसेरा होटेलले अधिकतम् खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको भेटेसँगै जरिवाना तिराइएको विभागको भनाई छ ।

विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved