दाउन्ने सडक दुईतर्फी सञ्चालन

नेपालभ्युज

दाउन्ने सडक दुईतर्फी सञ्चालन

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको थियो । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

रातभर डाइभर्सन बनाइएर सडक दुईतर्फी सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोलीले सडक मर्मत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved