अस्पतालबाट गोविन्दा भन्छन् – खतरामुक्त छु

नेपालभ्युज

अस्पतालबाट गोविन्दा भन्छन् – खतरामुक्त छु

काठमाडौं । खुट्टामा गोली लागेपछि बलिउडका दिग्गज अभिनेता गोविन्दाको अस्पतालमा उपचार भइरहेको छ । अक्टोबर १ मा भएको यो घटनापछि अभिनेतालाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनले आफू खतराबाट बाहिर रहेको भन्दै डाक्टर, समर्थकलाई धन्यवाद दिएका छन् ।

अस्पतालबाट जारी अडियो क्लिपमा उनले भनेका छन्, ‘नमस्कार, नमस्कार, म गोविन्दा हुँ । तपाईंहरु सबैको आशिर्वाद, आमाबुवाको आशीर्वाद र गुरुको कृपाले गोली निकालिएको छ । म यहाँ सम्मानित डाक्टर, डा. अग्रवाल जीलाई धन्यवाद दिन्छु । र तपाईंको प्रार्थनाको लागि सबैलाई धन्यवाद । अभिवादन ।’

गोविन्दाका प्रबन्धकले एएनआईलाई भने, ‘घटना बिहान ४:४५ बजे भएको थियो, जब गोविन्दा एक कार्यक्रमका लागि कोलकाजा जाँदै थिए । उनले आफ्नो रिभल्भर सफा गर्दै थिए । तर, गोली खुट्टामा लाग्यो । उनलाई तुरुन्तै अंधेरीको क्रिटी केयर अस्पताल लगियो । गोली त्यहाँबाट निकालिएको छ ।’

छोरी टीना आहुजाले भनिन्, ‘यतिबेला म पापासँगै छु, पापा पहिलेभन्दा राम्रो हुनुहुन्छ, पापाको शल्यक्रिया भइरहेको छ, पापा २४ घण्टा आईसीयूमा बस्नुहुनेछ, आत्तिनु पर्दैन, घुँडामुनि गोली लागेको छ । रिभल्भर अलमारीमा राख्दा गोली चल्यो, रिभल्भर भुइँमा खसेकोले गोली चल्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved