सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी 

नेपालभ्युज

सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी 

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट देशभरको राजमार्ग बिग्रिएसँगै अग्रिम टिकट बन्द गर्न लागिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला जानकारी दिए ।

जसको लागि व्यवसायीले आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गराउने उनले बताए । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।

अहिले गाडीहरूबीच बाटोमा नै अलपत्र परेको अवस्था छ । काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चालन गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । कुनै कुनै ठाउँमा एकतर्फी बाटो खुले पनि दुवैतर्फ सञ्चालन ल्याउन कठिन छ ।

बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved