टी–२० सिरिज : नेपाल र क्यानडा भिड्दै

नेपालभ्युज

टी–२० सिरिज : नेपाल र क्यानडा भिड्दै

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक श्रृखलाअन्तर्गत आफ्नो तेस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडाको किङ्स सिटीमा खेल राति १० बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा घरेलु टोली क्यानडाले नेपाललाई १४ रनले हराएको थियो । दोस्रो खेलमा भने नेपालले ओमानलाई ३७ रनले हराएर मनोबल उच्च बनाएको छ ।

क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो । सिरिजमा अहिलेसम्म तीनवटै टोलीको २-२ अंक छ । तर, रनरेटका आधारमा नेपाल पहिलो, ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved