मलेखुमा पुनः पहिरो खस्यो, राति मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न प्रहरीको आग्रह

नेपालभ्युज

मलेखुमा पुनः पहिरो खस्यो, राति मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न प्रहरीको आग्रह
फाइल तस्वीर

काठमाडौं । धादिङस्थित मलेखुमा पुनः पहिरो खसेको छ । पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड लगातार अवरुद्ध भएपछि प्रहरीले रातको समयमा थप जोखिम हुने भन्दै यात्रा नगर्न आग्रह गरेको छ ।

यसअघि झ्याप्ले खोलामा पहिरो खस्दा ३५ जनाको मृत्यु भएको थियो । पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सड्क खण्डमा थप प्रहरी प्रहरी परिचालन गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नागढुंगा हुँदै काठमाडौं भित्रिन खोजेका साना सवारी साधनलाई प्रहरीले गल्छीबाट नुवाकोटतर्फको बाटोबाट पठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved