बेरुतमा भएको इजरायली आक्रमणमा ३ जना प्यालेस्टिनी नेताको मृत्यु

नेपालभ्युज

बेरुतमा भएको इजरायली आक्रमणमा ३ जना प्यालेस्टिनी नेताको मृत्यु

काठमाडौं । अतिवादी समुह ‘द पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन’ पीएफएलपीले लेबनानमा इजरायलले गरेको आक्रमणमा आफ्ना ३ नेता मारिएको बताएको छ ।

बेरुतको कोला क्षेत्रमा भएको आक्रमणमा पीएफएलपीका ३ नेता मारिनुका साथै ४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यसअघि इजरायली आक्रमणमा हमासका नेता पनि मारिएका थिए । त्यसअघि इरानका वरिष्ठ कमाण्डरका साथै हिजबुल्लाहका प्रमुखसहित दर्जनौं नेताको पनि मृत्यु भइसकेको छ ।

यसैबीच इजरायलको दक्षिणी क्षेत्रमा लेबनानबाट ३५ वटा रकेट प्रहार गरिएको छ । केही रकेट नष्ट गरिएको र केही खुला स्थानमा खसेको इजरायली सेनाले बताएको छ ।

यी पनि पढनुहोस :

लेबनानमा भएको इजरायली हवाई आक्रमणमा हमासका नेता अमिन समेत मारिए

कस्तो देश हो लेबनान ? किन भइरहेको छ इजरायल-हिज्बुल्लाह युद्ध ?

दोस्रो गाजा बन्दै लेबनान

इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख नसरल्लाहको मृत्यु भएको पुष्टि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved