कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा

नेपालभ्युज

कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा

राजविराज । अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब एक हजार घर डुबानमा परेका छन् ।

नगरपालिका–१, बैरवामा वर्षाका कारण २८ घरमा पूर्ण क्षति भएको छ भने करिब सात सय घर डुबानमा परेका छन् । वर्षाका कारण स्थानीय रफिद मंसुरीको घर र भान्सा भत्किएको छ । स्थानीय सामाजिक अभियन्ता भोला पासवानकानुसार यहाँ सात सय घर प्रभावित भएका छन् । यहाँका सरदार, खङ्ग, राम, मुस्लिम तथा यादव टोल डुबानमा परेका उनले बताए ।

यस्तै, कञ्चनरुप नगरपालिका–२ स्थित यादव बस्ती र मुस्लिम बस्तीका करिब सय बिघा जमिनमा लगाइएको धानबाली नष्ट गरेको छ । त्यहाँ करिब तीन सयभन्दा बढी घरमा पानी पसेको स्थानीय मोइम शेखले जानकारी दिए । यी ठाउँमा कोशी नदी, सुन्दरी खोला तथा मोहुली नदीमा आएको बाढी पसेको जनाइएको छ ।

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालयसमेत डुबानमा परेको छ । कार्यालयको परिसर तथा विभिन्न कोठामा पानी पसेको प्रमुख प्रशासकीय अधिकृत किशोर रामले जानकारी दिए। कार्यालय डुबानमा परेपछि दैनिक कामकाज प्रभावित भएको उनले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved