झ्याप्लेखोला पहिरो अपडेट : ३५ जनाको मृत्यु

नेपालभ्युज

झ्याप्लेखोला पहिरो अपडेट : ३५ जनाको मृत्यु

काठमाडौं । नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरोमा परी अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।

गोरखा, चितवन, बुटवलबाट काठमाडौं आउँदै गरेका बस र माइक्रो बस पहिरोले पुर्दा ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति १४ र आइतबार बिहान २१ जनाको शव निकालिएको छ ।

घटनास्थलमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जाममा रहेको बेलामा माथिबाट एक्कासी पहिरो खस्दा कति गाडी पुरिएका छन् भन्ने भने यकिन भइसकेको छैन ।

पहिरोमा अझै केही व्यक्ति पुरिएको हुनसक्ने प्रहरीको आशंका छ । अहिले सुरक्षाकर्मीको टोलीले खोजी गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved