दशैंमा घर फर्कनेका लागि अग्रिम टिकट बिक्री सुरु (तस्वीरहरू)

दशैंमा घर फर्कनेका लागि अग्रिम टिकट बिक्री सुरु (तस्वीरहरू)

काठमाडौं । दशैंको अवसरमा घर फर्कन चाहने यात्रुहरूका लागि सरकारले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ।

काठमाडौंमा अध्ययन, रोजगारी र व्यापार गर्दै आएका व्यक्तिहरूलाई चाडपर्व मनाउन आफ्नो गाउँ फर्किन सहज होस् भनेर यो व्यवस्था गरिएको हो।

अग्रिम टिकट बुकिङ खुला भएपछि घटस्थापनाको मिति नजिकिँदै गर्दा नयाँ बसपार्कमा बिहानैदेखि यात्रुहरूको भीड देखिन थालेको छ।

पश्चिमका दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा, तथा पूर्वका ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरजस्ता गन्तव्यतर्फ जाने टिकट काउन्टरमा भीड बढेको छ।

यो वर्षको दशैंमा करिब १८ देखि २० लाखले उपत्यका छाड्ने सरकारी अनुमान रहेको छ।

तस्वीरहरु:- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved