काठमाडौं । त्रिकोणीय सिरिज अन्तरगत क्यानडाविरुद्धको पहिलो टी-२० क्रिकेटमा नेपालले जितका लागि १२४ रनको सामान्य लक्ष्य पाएको छ ।
किङ सिटीमा टस जितेर नेपालले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको क्यानडाले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा १२३ रन बनाएको हो ।
क्यानडाका कुनै पनि ब्याटर जम्न सकेनन् । साद विन जाफरले २३ र श्रीयास मोयाले २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३-३ विकेट लिए । रिजन ढकाल र दिपेन्द्र सिंह ऐरीको नाममा १-१ विकेट गयो ।
नेपाली टिममा आज ऐरीसहित कुशल भूर्तेल र कुशल मल्ल फर्केका छन् । गुल्सन झा आज बेन्चमा छन् ।
आज आसिफ शेख र अनिल साहले नेपालको ओपनिङ गरेका छन् ।
क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ का चारमध्ये तीन खेलमा पराजय ब्यहोरेको थियो । एक खेल वर्षाका कारण रद्द भएको थियो ।
लिग २ खेलेकै ओमानसहितका तीन टोलीबीच टी-२० सिरिज आज सुरु भएको हो ।
Facebook Comment
Comment