कुशेश्वर महादेव मन्दिर परिसरमा फसेका ३३ जनाको उद्धार

नेपालभ्युज

कुशेश्वर महादेव मन्दिर परिसरमा फसेका ३३ जनाको उद्धार

सिन्धुली । नदीको बीचमा फसेका सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जनाको उद्धार गरिएको छ ।

गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका थिए । शनिबार दिउँसो हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो ।

सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको फसेको गुरुकूलका शिक्षक नारायण घिमिरेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved