दिल्लीमा एकै परिवारका पाँच जना मृत फेला

नेपालभ्युज

काठमाडौं । भारतमा एकै परिवारका पाँच सदस्य मृत फेला परेका छन् । दिल्लीको वसन्तकुञ्जस्थित एक घरमा बाबु र चार छोरी मृत फेला परेका हुन् । बिहारको छपराका हुन् ।

दक्षिण पश्चिमका डीसीपी रोहित मीनाले यो घटना शुक्रबार बिहान भएको पुष्टि गरे ।

मीनाले समाचार एजेन्सी एएनआईसँग भने,’हिजो बिहान करिब १० बजे एउटा घर भित्रबाट ताल्चा लगाइएको र त्यसमा बस्ने मानिसहरूले ढोका नखोलेको फोन आयो । फोन घर मालिकले गरेका थिए । घरको हेरचाह गर्ने व्यक्तिले घरको तेस्रो तल्लामा सरसफाइ गर्न गएको बेला कसैले ढोका नखोलेको र अनौठो गन्ध आएको बताए ।’

”हामीले घटनास्थलमा पुगेर दमकलको सहयोगमा घरको ढोका खोल्यौं । घरमा दुईवटा कोठा थिए । एउटा कोठामा पुरुषको शव र अर्को कोठामा चार बालिकाको शव थियो । मृतकको सनाखत भएको छ । उनको पहिचान हिरालाल शर्मा रहेको छ । उनी बिहारको छपराका बासिन्दा हुन् र विगत २८ वर्षदेखि सिकर्मीको काम गर्दै आएका थिए । उनी चार छोरीसँगै बस्दै आएका थिए । जसमध्ये दुई छोरी अपांगता भएका थिए ।”

उनले थप भने, ”हामीले मृतकका आफन्तहरूलाई बोलायौं । मृतकका भाइ जोगिन्दर र भाउजु गुडिया घटनास्थलमा पुगेका थिए । बालिकाकी आमाको क्यान्सरका कारण मृत्यु भएको रहेछ । परिवार त्यतिबेलादेखि एक्लै बस्न थालेको थियो ।”

”हामीले एफएसएल रोहिणीको फोरेन्सिक टोली र सफदरगञ्ज अस्पतालका डाक्टरहरूको टोलीलाई घटनास्थलमा बोलायौं । पूर्ण छानबिन गरेका छौं । घटनास्थलबाट एक बोतल सल्फा र अन्य सामान बरामद भएको छ । हामी सबै पक्षलाई ध्यानमा राखेर थप कारबाही गरिरहेका छौं ।” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved