काठमाडौंभित्र केही विपद्‌मा पर्नुभयो ? बालेनलाई यसरी सम्पर्क गर्नुस्

नेपालभ्युज

काठमाडौंभित्र केही विपद्‌मा पर्नुभयो ? बालेनलाई यसरी सम्पर्क गर्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण महानगरपालिकाभित्रका नदीहरूले सतर्कता तह पार गरेको उल्लेख गर्दै मेयर बालेन शाहले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

“नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ, पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ, सवारी प्रवेश नगराऔँ, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ,” मेयर बालेनले भनेका छन् ।

उनले आपत्‌विपद्‌मा काठमाडौं महानगरपालिकालाई १६६००१०५५११ वा ११८० मा र महानगर प्रहरी बललाई ९८५१३५६५०९ मा समर्पक गर्न सकिने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved