१७ नदीमा सतर्कता तह पार (सूचीसहित)

सतर्क रहन आग्रह

नेपालभ्युज

१७ नदीमा सतर्कता तह पार (सूचीसहित)
फाइल फोटो

काठमाडौं । १७ वटा नदीले सतर्कता तह पार गरेका छन् । ३६ घण्टायता भइरहेको लगातारको वर्षाका कारण नदीहरूले सतर्कता तह पार गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान गरेको अद्यावधिक विवरणअनुसार सुनकोशी नदीले खुर्कोटमा सतर्कताको तह पार परेको छ । खुर्कोट बसपार्कलगायत केही घरहरूमा पानी पस्न थालिसकेको छ। सुनकोसी नदीको जल सतह ९.९५७ मिटर पुगेको छ ।

उता नारायणी नदीको सहायक नदी रिउ खोलाले पनि सतर्कता पार परेको छ । रिउको जल सतह ३.८५४ मिटर पुगेको छ । हनुमन्ते खोलाले पनि जगातीमा सकर्तता पार परेको छ । हनुमन्तेको अहिलेको जल सतह १३१०.२४४ मिटर पुगेको छ।

बागमती नदीले गौरीघाटका जल सतह पार गरेको छ । त्यहाँ बागमतीको पानीको सतह २.८५१ मिटर पुगेको छ । बागमती नदीले खोकनामा पनि खतराको तह पार गरेको छ । त्यहाँ पनि बागमती नदीको सतह २.७२८ मिटिर पुगेको छ ।

सुनसरीको दुहबीमा बूढी खोलाले सतर्कताको तह पार गरेको छ । खोलाको अहिलेको पानीको सतह ८६.२९४ पुगेको छ ।

यस्तै पूर्वी राप्तीले पनि खतराको तह पार गरेको छ । रजैयामा राप्तीको जल सतहक ४.२३० मिटर पुगेको छ ।

हम्पाचौरमा सुनकोशी नदीको जल सतह १३.४९४ मिटर पुगेर खतारको तह पार गरेको विभागले जनाएको छ ।

कर्मैयामा बागमती नदीले खतराको पार गरेको विभागले जनाएको छ । त्यहाँ बागमती नदीको जल सतह ह ७.५४८ मिटर छ । झरुवारासीमा कोड्कु नदीले डुबान थालेको छ । त्यहाँ कोड्कुको जल सतहक १३३४.९४८ मिटर छ ।

लालबकैयाले पनि जल सतह पार गरेको छ । बालकुमारीमा मनोहराले डुबान सुरु गरिसकेको विभागले जनाएको छ ।

सप्तकोसी नदीले चतरामा खतराको तह पार गरेको छ । चतरामा सप्तकोसी नदीको सतह ७.३३३३ मिटर छ ।

मुलघाट, त्रिवेणीमा तमोर नदीले पन जल सतह पार गरेको छ । मूलघाटमा ७.१३१ र त्रिवेणीमा तमोर नदीको जलसतहक ११.८७७ मिटर पुगेको छ ।

सिम्लेमा पनि तमोरले जल सतह पार गरेको छ। त्यहाँ तमोर नदीको जल सतह १२.१९२ मिटर पुगिसकेको छ ।

देवघाटमा नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको जल सतह अहिले १०.८२३ मिटर पुगेको छ ।

नदीहरूमा सतर्कता तह पार भएसँगै उच्च सतर्कता अपनाउन भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved