झापामा दुईजना बाढीमा बगे

नेपालभ्युज

झापामा दुईजना बाढीमा बगे
प्रतीकात्मक तस्वीर ।

झापा । झापामा दुईजना बाढीमा बगेका छन् । उनीहरू छुट्टाछुट्टै खोलामा आएको बाढीमा बगेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण आएको कृष्णे खोलामा आएको बाढीमा कमल गाउँपालिकाका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् ।

माछा मार्न खोलामा गएका उनी बेपत्ता भएका हुन् ।

यस्तै कचनकवल गाउँपालिका १ स्थित चमर भित्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवालाई खोलामा आएको बाढीले बगाएको हो ।

उनी बेपत्ता छिन् तर, खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

झापामा अरु धेरै पुल तथा पूर्वाधारहरूमा क्षति पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved