इजरायली आक्रमणमा परी लेबनानमा थप १५ जनाको मृत्यु

नेपालभ्युज

इजरायली आक्रमणमा परी लेबनानमा थप १५ जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणमा परी लेबनानमा थप १५ जनाको मृत्यु भएको छ ।

लेबनानको केन्द्र भागमा पर्ने जून शहरमा इजरायलले गरेको आक्रमणमा थप १५ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा ७ जना घाइते भएका छन् ।

यससँगै इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ५७३ पुगेको छ ।

यसअघि हिजबुल्लाहले दर्जनौँ मिसाइल इजरायलको २ सैन्य क्षेत्रमा प्रहार गरेको थियो । यसलगत्तै इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा आक्रमणलाई तीव्रता दिएको थियो ।

इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा हिजबुल्लाहको मिसाइल प्रहार

दोस्रो गाजा बन्दै लेबनान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved