एफसी यू–२० एसियन कप : नेपाल उज्वेकिस्तानसँग पराजित

नेपालभ्युज

एफसी यू–२० एसियन कप : नेपाल उज्वेकिस्तानसँग पराजित
तस्वीर स्रोत : एन्फा

काठमाडौं । नेपाल एफसी यू–२० एसियन कप फुटबल छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

चाइनिज ताइपेइमा बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० को गोलअन्तरले पराजित भएको हो ।

समूह ‘बी’मा शीर्ष दुईमा रहेर चीनमा अर्को वर्ष हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसाथ चाइनिज ताइपेइ पुगेको नेपालले सुखद् नतिजा दिन सकेको छैन ।

पहिलो खेलमा समान स्तरको कम्बोडियासँग नेपाल ४–१ ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइसँगको खेलमा ३–१ को जित हासिल गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved