रविबारे शंकर पोखरेल : हल्ला गरेर क्लिन चिट पाइँदैन, अनुसन्धान अवरुद्ध गर्न खोजे

नेपालभ्युज

रविबारे शंकर पोखरेल : हल्ला गरेर क्लिन चिट पाइँदैन, अनुसन्धान अवरुद्ध गर्न खोजे

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धानमा असहयोग गरेको आरोप लगाएका छन् ।

जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने तर, अनुसन्धानमा सहयोग नगर्ने प्रवृति देखिएको उनको भनाइ छ ।

बुधबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले भने, ‘जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन ।’

उनले हल्ला गरेर आफूले क्लिन चिट पाएँ भन्दै लामिछानेले अफवाह फैलाएको बताए ।

‘क्लिन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त हुन्छ । त्योभन्दा पहिला हल्ला गरेको भरमा कसैले क्लिन चिट प्राप्त हुँदैन । जनतामा नराम्रो गरी अफवाह फैलाइयो । यो गलत हो ।’ पोखरेलले भने ।

अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्न आवश्यक रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved