स्वदेश फर्किइन् रजत पदक विजेता एरिका

नेपालभ्युज

स्वदेश फर्किइन् रजत पदक विजेता एरिका

काठमाडौं । २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।

मंगलबार स्वदेश फर्किएकी उनलाई राष्ट्रिय खेलकुद परिषद्‌का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाएकी थिइन् ।

यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेका थिएनन् । एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved