लेबनानमाथि इजरायलको निरन्तर आक्रमण, ३५ बालबालिकासहित कम्तीमा ४९२ जनाको मृत्यु

‘ब्लू लाइन’ सीमामा गोलाबारी जारी

नेपालभ्युज

लेबनानमाथि इजरायलको निरन्तर आक्रमण, ३५ बालबालिकासहित कम्तीमा ४९२ जनाको मृत्यु

काठमाडौं । लेबनानमाथि इजरायलको निरन्तर आक्रमणमा परी एक दिनमा ३५ बालबालिकासहित कम्तीमा ४९२ जनाको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा १ हजार ६४५ जना घाइते भएका छन्।

इजरायली फाइटर जेटहरुले लेबनानका बस्तीहरुमा बमबारी गरिरहेका अलजजीराले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूले लेबनानमा इजरायल सीमा नजिक गस्ती रोकेका छन् ।

संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले भनेका छन् – दक्षिणी लेबनानमा रहेका शान्ति सैनिकहरूले आफ्नो गस्ती रोकेका छन् । गोलाबारीको मात्रालाई ध्यानमा राख्दै आफ्नो अड्डामै बसिरहेका छन्।

स्टेफेन दुजारिकले पत्रकारहरू भनेका छन् –इजरायल र लेबनान बीचको संयुक्त राष्ट्रसंघद्वारा कोरिएको ‘ब्लू लाइन’ सीमामा भइरहेको गोलाबारीको स्तरले उनीहरूलाई ठूलो जोखिममा पारेको छ ।

‘ब्लू लाइन पार गरेर एक अर्कामाथि गोली चलाइरहेका पक्षहरूलाई, यस द्वन्द्वमा संलग्न सबै पक्षहरूलाई विनाशको किनाराबाट पछि हट्नुहोस्। तनाव बढाउन रोक्नुहोस्,’ उनले भने ।

विश्व नेताहरू र संयुक्त राष्ट्रसंघले पनि तत्काल तनाव कम गर्न आह्वान गरेका छन् ।

टर्कीले इजरायलको लेबनानमाथिको आक्रमणले सम्पूर्ण क्षेत्रलाई अराजकतामा धकेल्न सक्ने चेतावनी दिएको छ।

गाजा पट्टीमा, इजरायली हवाई आक्रमणले गत २४ घण्टामा कम्तीमा २४ जनाको ज्यान लिएको छ । जसमा देइर अल–बलाहमा एक आमा र उनका चार बालबालिका समेत छन्।

गाजामाथि इजरायलको युद्धमा कम्तीमा ४१ हजार ४३१ जना मारिएका र ९५ हजार ८१८ जना घाइते भएका छन्।

इजरायलमा, अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा कम्तीमा १ हजार १३९ जना मारिएका थिए भने २०० भन्दा बढी मानिसहरूलाई बन्धक बनाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved