सभापति पक्राउ पर्न लागेपछि रास्वपाले बोलायो आकस्मिक भेला, पार्टीविरुद्ध षड्यन्त्र भएको आरोप

नेपालभ्युज

सभापति पक्राउ पर्न लागेपछि रास्वपाले बोलायो आकस्मिक भेला, पार्टीविरुद्ध षड्यन्त्र भएको आरोप

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरुको आकस्मिक भेला बोलाएको छ ।

संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालयमा आएपछि रास्वपाले भेला डाकेको हो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार पक्राउ गरेपछि रवि पार्टी कार्यालय पुगेका थिए । रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थलीमा छन् ।

स्रोतका अनुसार लामिछानेलाई पक्राउ गर्न कास्की अदालतबाट पुर्जी जारी भइरहेको छ ।

साझेदार छवि पक्राउपछि रविलाई पनि पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपाले म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ । सहकारी ठगी प्रकरणमा आफ्ना सभापति मुछिएको बारे चाहिँ रास्वपाले बोलेको छैन ।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved