रविको बयान – मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन

नेपालभ्युज

रविको बयान – मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन

काठमाडौं । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ ।

उनले आफूले सहकारीबाट एक रुपैयाँ पनि नखाएको दाबी गरेका छन् । साथै, आफ्नो खातामा कुनै सहकारीबाट रकम जम्मा नभएको बताए ।

उनले बयानमा भनेका थिए, ‘अन्य कसैले गरेको बदमासीको जिम्मेवारी मैले लिनुपर्ने कुनै आधार म देख्दिन । मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन । मैले ऋण लिएको प्रमाण पनि छैन र ऋण लिएको पनि छैन, मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन ।’

आफू निर्दोष रहेको उनको दाबी छ । ‘मैले उल्लिखित सहकारीहरूमा ऋण माग गरेको छैन, अभियोग पत्रहरूमा मैले ऋण लिएको पुष्टि भएको छैन, गैरकानूनी ऋण प्रवाहमा मेरो कतै संलग्नता छैन । म निर्दोष छु’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved