ग्यालेक्सीबाट रविले एक करोडभन्दा बढी तलब खाँदा जीबीले लिए ३० लाख मात्रै

ग्यालेक्सी फोरके टेलिभिजनबाट रविले एक करोड रुपैयाँभन्दा बढी तलब लिएको खुलेको छ । तर हाल फरार रहेका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने जम्मा ३० लाख मात्र तलब लिएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

नेपालभ्युज

ग्यालेक्सीबाट रविले एक करोडभन्दा बढी तलब खाँदा जीबीले लिए ३० लाख मात्रै

काठमाडौं । सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ ।

समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जीवी राई नै जिम्मेवार हुने गरेको भनी उनले दिएको बयान गलत रहेको निष्कर्ष  छ ।

तर, आर्थिक कारोबार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो ।

यस्तै गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट रवि लामिछानेले एक करोड रुपैयाँभन्दा बढी तलब लिएको खुलेको छ ।

तर हाल फरार रहेका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने जम्मा ३० लाख मात्र तलब लिएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले आर्थिक वर्ष २०७८\७९ मा ७४ लाख ३६ हजार ५८७ र त्यसको अघिल्लो आवमा ३० लाख रुपैयाँ तलबबापत लिएका थिए ।

तर राईले भने २०७८\७९ मा मात्र ३० लाख तलब लिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी ठगीको आरोप लागेका राई हाल फरार छन् भने रास्वपा सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा ६५ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर भएको तथ्य समितिले खुलासा गरेको छ ।

गोर्खा मिडिया नेटवर्कमा तलबबापत २ आर्थिक वर्षमा १४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved