सरफराज अहमदले गरेको गालीमा बाबरले यसरी दिए जवाफ

नेपालभ्युज

सरफराज अहमदले गरेको गालीमा बाबरले यसरी दिए जवाफ

काठमाडौं । पछिल्ला केही दिनदेखि आफ्नो प्रदर्शनका कारण आलोचकको निशानामा रहेका पाकिस्तानी क्रिकेटर बाबर आजमको व्यवहारले फ्यानहरूको मन जितेको छ ।

पाकिस्तानको फैसलाबादमा भएको घरेलु खेलमा बाबर क्रिजमा थिए र विपक्षी टोलीका विकेटकिपर सरफराज अहमदले उनलाई गाली गरिरहेका थिए ।

डल्फिनका लागि विकेट किपिङ गरिरहेका सरफराजले बाबरलाई दबाब दिने प्रयासमा धेरै गाली गरे । तर, बाबरले आक्रोश पोखेनन् र शतक बनाएर जवाफ दिए ।

यो खेल फैसलाबादमा स्टेलियन्स र डल्फिनबीच भएको थियो ।

बाबर स्टालियन्सका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएपछि सरफराजले उनलाई गाली गरेका थिए ।

सरफराजले स्टम्प माइक्रोफोनमा यसो भनेको सुनियो, ‘हतार छैन, हतार छैन । यी मानिसहरूलाई बाबर बाबर गरिरहन भन्नुहोस् । हामी बाबरलाई ४० ओभर खुवाउनेछौँ र बाँकी सबै आउट हुनेछन् ।’

यस खेलमा बाबरले १०० बलमा ७ चौका र ३ छक्का सहित १०४ रन बनाएका थिए । स्टालियन्सले निर्धारित ५० ओभरमा २७१ रन बनाएको थियो ।

जहाँ डल्फिनको पूरै टोली २५ ओभरमा ९७ रनमा सिमित भयो भने सरफराजले यो खेलमा ५ रन मात्रै बनाउन सके ।

पाकिस्तानको क्रिकेट टोली लामो समयदेखि राम्रो प्रदर्शन गर्न असफल भइरहेको छ र यसको मुख्य कारण टोलीको आन्तरिक कलह रहेको बताइएको छ ।

सेप्टेम्बर ३ मा घरेलु मैदानमा बंगलादेशसँगको टेष्ट सिरिज गुमाएपछि क्रिकेटप्रेमी र विज्ञहरूले पाकिस्तान क्रिकेट टोलीको अवस्थालाई ‘कालो दिन’ भनेका छन् ।

वास्तवमा बाबर केही समयदेखि आफ्नो फर्ममा देखिएका छैनन् र यसका लागि उनी आलोचकको निशानामा पनि परेका छन् । तर, यो खेलमा उनको प्रदर्शनले उनको फर्ममा फर्किने संकेत रहेको विश्वास गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved