काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्ने भन्दै यसका लागि सबै दलहरुबीच सहमतिको अधिकतम प्रयास गरिने बताए ।
संविधानको संशोधन भनेको लिखत र मर्म अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु र विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु भएको उनले बताए ।
प्रधानमन्त्री ओलीले जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट पारे ।
सह–अस्तित्व र आपसी सद्भाव एवं पारस्पारिक सहयोग नै सबै जातजाति, भाषाभाषी, वर्ग, वर्ण र समुदायबीचको एकताको आधार भएको उनको धारणा छ ।
Facebook Comment
Comment