सफल हस्पिटल १० वर्ष पूरा, १५ शय्याको आवासीय सेवा दिन सुरु

नेपालभ्युज

सफल हस्पिटल १० वर्ष पूरा, १५ शय्याको आवासीय सेवा दिन सुरु

ललितपुर। एक दशकअघि सफल हेल्थ होमका नामबाट सेवा दिन सुरु गरेको सफल ११ औँ वर्षमा आइपुग्दा १५ शय्याको हस्पिटल बनेको छ । २०७१ सालको असोज १ गते देखि अंकुपञ्चर र फिजियोथेरापी मार्फत सफलले बिरामीको सेवा सुरु गरेको हो ।

अस्पतालका अध्यक्ष डा विशाल श्रेष्ठले १० वर्षअघि ५–६ जना कर्मचारीसहित तीन वटा कोठाबाट अंकुपञ्चर र फिजियोथेरापी ओपीडीमार्फत् सफल हेल्थ होममार्फत सेवा सुरु गरिएको जानकारी दिए।

उनले भने ‘व्यवस्थापन र कर्मचारीको अथक प्रयासमा सफल हेल्थ होमले निरन्तर सेवा प्रवाहका साथै सेवा विस्तारमा गर्दै १० वर्षेमै यसले आफूलाई हेल्थ होमबाट हस्पिटलमा स्तरोन्नती गर्न सफल भएको छ ।’

११ औँ वर्षमा आइपुग्दा अस्पतालले १५ शय्याको सफल हस्पिटलमार्फत् आवासीय सेवा समेत दिन थालेको छ ।

अहिले अस्पतालमा अंकुपञ्चर, फिजियोथेरापी, आयुर्वेद, अर्थो, न्युरो, मानसिक रोग, स्पीच थेरापी, प्रोटेस्थीस अर्थोसिसलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

सफल हस्पिटल अहिले आफ्नै झन्डै २ रोपनी क्षेत्रफलको अत्याधुनिक संरचनासहितको भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।

हस्पिटलमा अहिले डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारीसहित ३० जनाभन्दा कर्मचारी कार्यरत छन् । सफल समूहले यो अवधिमा सुकेधारामा सफल उपचार केन्द्र र बागडोल एकान्तकुनामा सफल हार्ट एन्ड डाइबटिज सेन्टर गरी दुई वटा शाखा समेत सञ्चालनमा ल्याएको छ ।

डा श्रेष्ठले भविष्यमा सफल हस्पिटल अझ आफ्ना सेवाहरू आम नागरिकमाझ प्रभावकारी रुपमा पुर्‍याउने कुरामा विशेष जोड रहने जानकारी दिए । ‘भविष्यमा हामी हाम्रा सफल उपचार सेवाहरूलाई अझ बढी बिरामीहरूमाझ पुर्याउँछौं,’ उनले भने, ‘सेवा प्रवाह विस्तारसँगै गुणस्तरलाई पनि वृद्धि गर्दै लैजान्छौँ ।’

अहिले सफल हस्पिटलमा धेरैजसो टाउको दुख्ने, माइग्रेन, इन्जाइटी, निन्द्रा नलाग्ने समस्या भएका, नसा च्याप्पिएका, जोर्नी दुख्ने, घुँडा र कम्मरको दुखाइ भएका बिरामीहरूले सेवा लिदैं आएका छन् ।

त्यसबाहेक हस्पिटलले प्यारालाइसिस र ट्रमेटिक ब्रेन इन्ज्युरी भएर हातखुट्टा नचल्ने बिरामीलाई भर्ना गरेर २४ सैं घण्टा नर्सिङ केयरसहितको न्युरो रिह्याबिलिटेसन सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

अस्पतालमा २४ सैं घण्टा नर्सिङ केयर सेवा उपलब्ध रहेको छ ।

बुटिक होलटलजस्तो लाग्ने सफल हस्पिटल छिर्दा नेवारी कल्चर झल्किन्छ भने सानो पुस्तकालय, म्युजिक, ठूलो एक्युरियममा माछापालन र प्राकृतिक सुन्दर झल्किने आकर्षण भित्ते चित्रहरू मोहक देखिन्छन् ।

दशौँ वार्षिकोत्सवका अवसरमा आजकै दिन बाट सफल वेलनेस युनिट वनाऊनको लागि शिलान्यास समेत गरेको छ ।

दुई महिनामा सेवा सुरु गर्ने यस वेलनेस युनिटमा बिरामी मात्र हैन स्वस्थ मानिसले समेत आएर स्टिम, साउना, मेडिकल मसाज, स्पोर्ट मसाज, अकुपंचर, डिटक्स थेरापी, योगा, ध्यान तथा साइको सोसियल काउन्सिलिङ जस्ता सेवा लिन सक्ने छन् ।

डा श्रेष्ठले विशेष गरी साइकोसोमेटिक डिसअर्डर भएका बिरामीहरूका लागि यो युनिक निकै फलदायी हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved