एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन पहल सुरु भइसकेको छ : प्रधानमन्त्री

नेपालभ्युज

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन पहल सुरु भइसकेको  छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरि शिक्षा क्षेत्रको सुधार गर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको भन्दै आगामी वर्षको एसइईको नजितामा त्यसको सकारात्मक असर देखिने बताए ।

हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन नसक्ने जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved