मुनाको अन्त्येष्टिका लागि आमा लागिन् अमेरिकातर्फ

नेपालभ्युज

मुनाको अन्त्येष्टिका लागि आमा लागिन् अमेरिकातर्फ

धनकुटा । अमेरिकाको ह्युस्टनमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेको अन्त्येष्टिका लागि उनकी आमा अनिता अधिकारी पाण्डे बिहीबार बिहान अमेरिका उडेकी छिन् ।

छोरीको हत्यापछि अनिताले अमेरिका जानका लागि भिसा आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट भिसा पाएपछि उनी अमेरिका गएकी हुन् ।

एनआरएनको सहयोगमा छोरीको सद्गतका लागि अमेरिका जान लागेकी उनले बताइन् । अमेरिकामा रहेका एनआरएनका पदाधिकारीलगायत त्यहाँ रहेका आफन्तजन र नेपालीको सहयोगमा छोरीको अन्त्येष्टि गरिने छ । पाँच दिनपछि भदौ २४ मा मुनाको दाहसंस्कार गरिने कार्यक्रम छ ।

उनले छोरीको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै आएकी छिन् ।

ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत मुना सन् २०२१ मा अमेरीका गएकी थिइन् ।

मुनाको ह्युस्टन राज्यस्थित हिलक्रप्ट नजिक उनी बस्दै आएको अपार्टमेन्टमा भदौ ११ मा गोली हानी हत्या गरिएको थियो । हत्या अभियोगमा गत भदौ १३ मा अमेरिकी प्रहरीले बबीसिंह साह नामका व्यक्तिलाई पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved