महासचिव पोखरेलको आरोप – प्रचण्डका कारण संसद्‌मा तिक्ततापूर्ण बहस चल्यो

नेपालभ्युज

महासचिव पोखरेलको आरोप – प्रचण्डका कारण संसद्‌मा तिक्ततापूर्ण बहस चल्यो

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्‌मा चलिरहेको तिक्ततापूर्ण बहसको कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको आरोप लगाएका छन् ।

सुर्खेत विमानस्थलमा पत्रकारसँगको भेटघाटमा महासचिव पोखरेलले प्रचण्डमा कुनै संसदीय मूल्य र मान्यता नभएको पनि बताए ।

प्रचण्डले सत्ता छोड्दाको गलत र कुण्ठाग्रस्त अभिव्यक्ति दिएकोले संसद्‌मा प्रतिपक्षको मर्यादा नभएको पोखरेल बताउँछन् ।

‘विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरीत काम गरेका छन्’ उनले भने, ‘संसद्‌मा विपक्षी दलका नेताले नेपाल श्रीलंका र बङ्गलादेश बन्छ भनेर दिएको अभिव्यक्ति अराजनीतिक र असंसदीय हो ।’

अहिले देशमा तीनवटा अतिवाद हावी भएको त्यसबाट सचेत रहन आवश्यक रहेको पोखरेलले बताए ।

‘जातीय अतिवाद, धार्मिक अतिवाद र धर्मान्तरले नेपालको मौलिक परम्परालाई ध्वस्त पार्न लागेको छ’ उनले भने, ‘नेपालको मौलिक संस्कृतिको महत्वलाई हामीले बुझ्नु पर्दछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved