एकै दिन ९० अंकले घट्यो सेयर बजार

नेपालभ्युज

एकै दिन ९० अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा पहिरो गएको छ । सोमबार र मंगलबार बढेको बजार परिसूचक बुधबार भने २७ सयको विन्दुमा ओर्लिएको छ ।

आज नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घटेर २७३९ दशमलव ४६ को विन्दुमा पुगेको छ । आज ३२० कम्पनीका १ लाख ३७ हजार १ सय ६३ पटकको कारोबारमा २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

३१ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ भने एउटा कम्पनी स्थिर रहेको छ । १२ उपसमूहमध्ये सबै राताम्मे हुँदा जीवन बीमा सर्वाधिक घटेको छ । आज नेपाल फाइनान्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved