नदी किनारमा संरचना बनाउन नपाइने सर्वोच्चको आदेश पुनरावलोकन गर्न चालिसेको माग

नेपालभ्युज

नदी किनारमा संरचना बनाउन नपाइने सर्वोच्चको आदेश पुनरावलोकन गर्न चालिसेको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले काठमाडौंका नदी किनारमा थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने सर्वोच्चको आदेशको पुनरावलोकन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै चालिसेले अदालतको उक्त आदेशपछि काठमाडौंका ८० हजार घर परिवारको रुवाबासी भएको भन्दै पुनरावलोकन गर्न माग गरेका हुन् ।

२०६५ सालमा नै अधिकारसम्पन्न बागमती एकीकृत आयोजनाले २०–२० मिटर अधिग्रहण गरिसकेको अवस्थामा थप २० मिटरभित्र संरचना बनाउन नपाउने आदेश न्यायोचित नरहेको उनले बताए ।

चालिसेले उक्त फैसला कसले गर्न लगायो भन्दै प्रश्न समेत गरे ।

चालिसेले बागमतीको जलाधार नियन्त्रण गर्ने सवालमा धेरै उपाय रहेको भन्दै साराको बास उठाएर नियन्त्रण गर्न नपाइने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved