मुख्यमन्त्रीलाई ‘अविश्वसनीय छवि भएका’ भनेपछि…

नेपालभ्युज

मुख्यमन्त्रीलाई ‘अविश्वसनीय छवि भएका’ भनेपछि…

विराटनगर । कोशी प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा चापागाईंले मुख्यमन्त्री हिक्मत कार्कीलाई ‘अविश्वसनीय’ भनेका छन् ।

यसपछि बैठकमा विवाद उत्पन्न भएको छ । आइतबार जारी बैठकमा सांसद चापागाईंले मुख्यमन्त्री कार्कीलाई अविश्वासनीय र ननभिजनरी भनेपछि विवाद उत्पन्न भएको हो ।

सांसद चापागाईंले भने, “यो डेढ वर्षमा हाम्रो प्रदेशले ह्याट्रिकवाला तर, ननभिजिनरी र अविश्वसनीय छविका मुख्यमन्त्री ब्यहोरिरहेको छ । ह्याट्रिकवाला मुख्यमन्त्री, दुईतिहाइ बहुमतको सरकार आशा विश्वास र भरोसा छैन तर, शङ्काको सुविधा दिऔँ । अब प्रदेशले स्थायित्व पाँउछ ।”

सांसद चापागाईंको काउन्टरमा नेकपा (एमाले) का प्रमुख सचेतक रेवतीरमण भण्डारीले उक्त शब्द रेकर्डबाट हटाउन माग गरे । अविश्वसनीय छवि भएका मुख्यमन्त्री भनेर कसले प्रमाणित गरेको भनेर प्रश्न गर्दै उनले सोधे, “कसैमाथि विश्वसनीय र अविश्वसनीय प्रमाणित हुनुपरेन ? व्यक्तिगत लाञ्छना रेकर्डबाट हटाइयोस् । लाञ्छना लगाएर कसैका प्रति बोल्न पाइँदैन, संसद्को विशेष समयमा बोल्न पाइँदैन ।”

त्यसपछि उठेर बोलेका सांसद चापागाईंले आफूले साङ्केतिक भाषा बोलेको जिकिर गरे भने सभामुख अम्बरबहादुर विष्टले प्रमुख सचेतक भण्डारीको मागप्रति गम्भीर भएको बताए भने आगामी दिनमा बोल्दा नियमावली विचार गर्न आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved