सेयर बजारमा साढे ५३ अंकको गिरावट 

नेपालभ्युज

सेयर बजारमा साढे ५३ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ६३ अंकले घटेर २६९५ दशमलव ९३ को विन्दुमा पुगेको छ ।

आइतबार ३३७ कम्पनीका १ लाख ३० हजार ६ सय ३२ पटकको कारोबारमा २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ रहेको छ । ३१ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ४ वटा स्थिर रहेको छ ।

म्युचुअल फन्ड ० दशमलव १७ अंकले बढ्दा बाँकी १२ वटा उपसमूह राताम्मे छन् । कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १७७ रुपैयाँका दरले कमाउँदा सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्सको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved