घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला छ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा काराबोर भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved