दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार 

नेपालभ्युज

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले घटेर २७४९ दशमलव ५७ को विन्दुमा पुगेको छ ।

बिहीबार ३२२ कम्पनीका १ लाख ४६ हजार २ सय ४ पटकको कारोबारमा २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख १ हजार रुपैयाँ रहेको छ ।

५३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटाको घटेको छ भने २ वटा स्थिर रहेको छ । झिनो अंकले म्युचुअल फन्डहरु बढ्दा अन्य १२ उपसमूह राताम्मे छन् । कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved